गृह मन्त्रालयले सातै प्रदेशमा खटायो अनुगमन टोली : चाडपर्व केन्द्रित सुरक्षा योजना र कार्यान्वयनबारे अनुगमन गर्ने
गृह मन्त्रालयले चाडपर्व केन्द्रित सुरक्षा योजना र सोको कार्यान्वयनको अवस्थाबारे बुझ्न सातै प्रदेशमा अनुगमन टोली खटाएको छ। गृह मन्त्रालयले सात वटै प्रदेशमा सहसचिव तथा उपसचिव नेतृत्वको अनुगमन टोली परिचालन गरेको हो।