सभामुख सापकोटाकाे आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । संसद् बैठक अघि बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । सङ्घीय संसद्को बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा सहिद दिवसका अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेक...