शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान

काठमाण्डाै - पर्सि ६ गते परेको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा करिब २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महाशिवरात्रिका ...

सम्बन्धित सामग्री

महाशिवरात्रिका पूर्वसन्ध्यामा पशुपतिनाथ : ३० लाख दर्शनार्थी आउने अनुमान (भिडिओ)

काठमाडौं । महाशिवरात्रिको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथमा चहलपहल बढेको छ । महाशिवरात्रिका लागि भक्तजन लगाएत साधुवाबाहरुको आगमनसंगै पशुपतिनाथमा चहलपहल बढेको हो । शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथमा कलश यात्रा पनि गरिएको थियो । यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । भक्तजनहरुलाई सहज रुपमा पशुपतिनाथको दर्शन […]

महोत्तरीको टुटेश्वर मन्दिरमा महाकुम्भ मेला सुरु, २० लाख दर्शनार्थी आउने अनुमान

महोत्तरी – महोत्तरीमा बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ। महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो। प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ। अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्रायः सुनसान देखिएका थिए। […]

महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थी आउने

यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ ।