नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको ‘फेक इन्काउन्टर’ मा संलग्नताको आरोप लागेका व्यक्तिहरूविरुद्ध बुधबार जाहेरी दर्ता भएको छ । २०७६ को असारमा कुमारको गैरन्यायिक हत्यापछि नै उनकी आमा दुर्गादेवीले जाहेरी दिने प्रयास गरेको भए पनि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले निरन्तर उपेक्षा गर्दैआएका थिए ।