तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारी आन्दोलित

धनुषा - तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण नगरपालिकाको सेवा एक महिनाभन्दा बढी समयदेखि ठप्प भएकाे हाे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभएका कारणले नगरपालिकाका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकामा नियमित खाेप कार्यक्रमसमेत प्रभावित भएकाे स्थानीयकाे गुनासाे छ । करिब ६ महिनादेखिकाे तलब भत्ता नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकामा सबै प्रकारका ...