एमसीसी सम्झौतामा कुनै पनि गोप्य दस्तावेज नभएको एमसीए नेपालले स्पष्ट पारेको छ ।
एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू सम्झौतामा नभएको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले स्पष्ट पारेको छ ।
एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था रहेको र संस्थाले सार्वजनिक महत्त्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको पनि जानकारी दिएको छ ।
एमसीए नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र ...