नेपाल दाना उद्योग संघको अध्यक्षमा पुनः रवि पुरी निर्वाचित भएका छन् । आज सम्पन्न संघको २१ औं साधारणसभाले पुरीको नेतृत्वमा २ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै,संघको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्धितिय उपाध्यक्षमा प्रदिपकुमार रुंगटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिवमा केशवराज थापा र कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा निर्वाचित बनेका छन् । यस्तै, संघको सचिवमा राजकुमार पराजुली निर्वाचित भएका छन् भने अन्य १० जना सदस्य समेत कार्यसमितिमा निर्वाचित बनेका छन् ।कार्य