नेपाली काँग्रेस चितवनले काँग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ । काँग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे ७ बजे भरतपुर–७ कृष्णखेल मैदान नजिक अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मृत्यु भएका परियारको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । परियारको हत्या घटनाप्रति काँग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै खनालले जारी गरेको विज्ञप्तिमा