काभ्रेमा पहिलोभन्दा दोस्रो लहरमा दोब्बर बढी कोरोना संक्रमितको मृत्यु

काभ्रे : विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट आक्रान्त बनेको काभ्रेमा दोश्रो लहरमा पहिलोभन्दा दोब्बर बढी संक्रमितको मृत्यु भएको छ। बिहीबार साँझसम्म दोस्रो लहरको कोरोनाबाट जिल्लामा १ सय २१ जनाको मृत्यु भइसकेको छ। यसअघि पहिलो लहरको कोरोनाबाट १४ महिला र ३१ पुरुष गरी ४५ जनाको मात्रै मृत्यु भएका थिए। जिल्ला स्वास्थ्य कार्यालयले पहिलो र दोस्रो गरी हालसम्म कोरोनाबाट जिल्लामा मृत्यु हुनेको संख्या १ सय ६६ जना पुगिसकेको जनाएको छ।जसमा जिल्लाभित्रका १ सय १९ जना र अन्य जिल्लामा

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।