चीनले सोमवार अन्तरिक्षमा जिलिन–१ काओफन ०२डी भूउपग्रह पठाउन सोमवार सफलता हासिल गरेको छ ।
उत्तरपश्चिम चीनको च्युछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट क्यारियर रकेट क्वाइचो–१क मार्फत उक्त भूउपग्रह पठाउन चीन सफल भएको हो ।
पोहोर साल उक्त भूउपग्रह पठाउन चीनले गरेको कोशिश विफल बनेको थियो ।
उक्त भूउपग्रहले निकै टाढाबाट सेन्सिङ गर्न सक्छ । यसलाई भूमि तथा खनिज स्रोतको निगरानी गर्न र स्मार्ट सिटी विकसित गर्न उपयोग गरिनेछ ।
The optical remote-sensing satellite will be used for land...