पर्वत : गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबु र आमाको नाममा रहेको प्रतिष्ठानको लागि विनियोजन भएको बजेट नलिने घोषणा गरेका छन्।स्याङ्जाको भिरकोट नगरपालिका–१ मा रहेको पुननारायण– धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टमा दुई फरक–फरक मन्त्रालयले ५०\५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँ विनियोजन भएको छ। सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट गरेर एक करोड रुपैयाँ लिएर मन्त्रीले बजेटमा चरम लापरबाही गरेको भन्दै कडा आलोचना भएपछि मन्त्री श