सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीयले घेरे सडक डिभिजन कार्यालय

दाङ – दाङको चार लेन सडकले सास्ती दिएको भन्दै स्थानीय संघर्षमा उत्रिएका छन्। लामो समयसम्म सडक नबनेपछि स्थानीयहरु सडक डिभिजन कार्यालय दाङ घेराउ गर्न पुगेका छन्। कार्यालयको मूल गेटमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेलसमेत भयो। कटुवाखोला तुलसीपुरको चोक सडक पटक–पटक म्याद थप भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भइसक्दा पनि कारबाही नगर्ने, […]

सम्बन्धित सामग्री

चितवनमा तीन निर्माण कम्पनी कालोसूचीमा

चितवन। चितवनका विभिन्न ठाउँमा विकास निर्माणका काम अलपत्र पार्ने तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । चितवनमा विकास निर्माणका काम अलपत्र पार्ने तीन कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सूचना प्रकाशित गरेर कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं ७ मा रहेको यो कम्पनी सडक डिभिजन कार्यालय, भरतपुरको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा परेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर शाहका अनुसार यो कम्पनीले राप्ती नगरपालिकाको बुढीखोलामा पुलको काम अलपत्र पारेको थियो । ‘कम्पनीले काम गर्दागर्दै अलपत्र पारेर सम्पर्कविहीन भयो । पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि कालोसूचीमा राखिएको हो,’ उनले भने । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । यसैगरी रत्ननगर नगरपालिकाको सिफारिसमा रत्ननगर नगरपालिकाको वडा नं ८, ९ र १० मा सडक निर्माण अलपत्र पार्ने दुई कम्पनी हेटौंडाका निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्स र काठमाडौंका स्वप्निल पौडेलको कम्पनी एसबीएस इञ्जिनियरिङ एशोसिएट्सलाई पनि कालोसूचीमा राखिएको छ । शिवालयलाई एक वर्ष ६ महीना र एसबीएसलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।  रत्ननगर नगरपालिकाका इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले ती दुई कम्पनीलाई पटकपटक म्याद थपेर अवसर दिए पनि १२ प्रतिशतभन्दा बढी काम नगरेको बताए । उनले भने, ‘दुवै कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि काम गर्न सकेनन् । सार्वजनिक सुनुवाइमा समेत आएनन् ।’ दुवै कम्पनीले सडक कालोपत्र र सडक सौन्दर्यकरणको ठेक्का पाएका थिए । यीसँगै देशभरका २२ ओटा निर्माण कम्पनी कालोसूचीमा परेको कार्यालयको सूचनामा उल्लेख छ ।

खजुरा–गुलरिया सडक अलपत्र, स्थानीय आन्दोलित

सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत बाँकेको नेपालगन्ज–खजुरा–गुलरिया सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर लम्बाइको सडक निर्माणमा लापरबाही गरी निर्माण कार्य अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । २०७४ चैत्र २९ मा सम्झौता गरी निर्माण कार्य सुरु भएको उक्त […]