मध्यपहाडीको पहिरोका कारण चार जिल्लामा महँगी र कालोबजारीको जोखिम

पर्वत : गत भदौ १७ गतेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको चुवादेखि पातिचौरसम्मको सडकमा २० ठाउँ पहिरो झरेका छन्। उक्त सडक साबिकको धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सवारी आउजाउ गर्ने एक मात्रा कालोपत्रे भएको, सहज र छोटो नाका हो।सोमबार यो सडक खण्ड बन्द भएको चौथो दिन चलिरहेको छ। सबै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ।सडक बन्द हुँदा विभिन्न कामका लागि आउजाउ गर्नुपर्ने चार जिल्लाका नागरिकले सास्ती त पाएका छन् नै त्यो

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग अवरोध हुँदा सर्वसाधारणलाई सास्ती

भदौ २१, पर्वत । पहिरोका कारण पर्वत जिल्लामा सडक अवरुद्ध भएको छ । कुश्मा नगरपालिका ८ चुवादेखि मोदी गाउँपालिका ६ बेतनी सम्मको १२ किलोमिटर सडकखण्डमा २० स्थानमा ठूलो पहिरो खसेको छ ।  पहिरोले सडक पुरिएको छ भने कतिपय ठाउँमा सडक नै भत्किएको छ । यसले गर्दा साविक धौलागिरीका चार जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।  यहाँका सर्वसाधारणहरु आवातजावतमा ठूलो सास्ती भइरहेको छ । सवारीसाधान नचल्दा पहिरो छिचोल्दै मानिसहरु पैदल हिँड्न थालेका छन् । सबै पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याउन करीब एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ । बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउन समस्या भइरहेको छ ।  दैनिक उपभोग्य वस्तुको आयात ठप्प छ । इन्धन आयात समेत रोकिँदा बजारमा अभाव हुँदै गएको छ । फलफूल तथा चाँडबाडमा चाहिने सामग्रीहरुको पनि बजारमा अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए ।  तर, पहिरो खसेको मध्यपहाडी लोकमार्गको अर्को विकल्प नहुँदा बाटो बन्द रहने बेलासम्म आयात पनि बन्द नै रहने अवस्था देखिएको छ । सामग्री आयातको विकल्पको रूपमा पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा खण्डलाई प्रयोग गर्न त सकिन्छ । मध्यपहाडी लोकमार्ग हुँदै पोखराबाट पर्वत सदरमुकाम कुश्मा पुग्न बढीमा दुई घण्टा लाग्छ । तर, पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा आउने मालबहाक ट्रकलाई दुई दिन लाग्न सक्छ ।  अर्को बाटो भनेको बुटवल–गुल्मी–बडीगाड–गलकोट–बागलुङ सडक हो । यो सडक रुपन्देही जिल्लामा कालोपत्र भएको भए पनि त्यसयता भने कच्ची नै छ । वर्षा नरोकिएका कारण यो सडकबाट सामग्री ढुवानी गर्नु निकै कठिन भएको छ ।  तीजमा तरकारी र फलफूल लगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुहरूको अभाव हुँदै जान थालेको कुश्माका फलफूल तथा तरकारी व्यवसायी राम पौडेल बताउँछन् । ‘२५० मा बेच्ने गरेको स्याउ ४०० मा, ६० को बन्दा १००, १५० को काउली २००, ७० को करेला १२० मा, ६० को टमाटर १०० मा बेचिएको छ,’ उनले भने, ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनु परेको छ । त्यही पनि स्थानीय उत्पादनले त एक छेउ पनि हुँदैन । सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन ।’ पेट्रोलियम पदार्थ लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायीहरू बताउँछन् । ‘अझै १–२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो,’ गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएशनका सदस्य हरिबाबु सापकोटाले भने, ‘एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।’ बजारमा सामग्री अभाव हुँदै जाँदा महँगी र कालोबजारी बढ्न सक्ने भएकाले प्रशासनले यो बारेमा गोप्य अनुगमन गरिरहेको र कसैले त्यस्तो गरेको पाइएमा तुरुन्तै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।  ‘प्रशासनले कसैलाई ग्राहक बनाएर पसलमा पठाउँछ, कालोबजारी र महँगीबारे सूचना लिएर आएपछि प्रशासनले तुरुन्तै एक्सन लिन्छ’ उनले भनिन्, ‘हामी एकतर्फी रूपमा भए पनि छिटो बाटो सञ्चालनमा ल्याउनुपर्छ भनेर लागिरहेका छौँ । पहिरोबाट पीडित बनेकाहरूलाई राहत दिनका लागि पनि व्यस्त भएका छौँ । अभावको समस्या लामो रहँदैन ।’ सडक खुलाउने प्रयास भने भइरहेको खत्रीले बताईन् । उनले सडक खुलाउन कुश्मा तर्फबाट र मोदी तर्फबाट साधानहरु परिचालन भएका छन् । ठूलो पहिरोमा बम विस्फोट गराउने तयारी रहेको प्रजिअ खत्रीले जानकारी दिइन् ।  वैकल्पिक मार्ग नभएका कारण डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामग्रीहहरु लिएर आउँदै गरेका ट्याकंर तथा ट्रकहरू पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् ।