गगन थापाको सरकारलाई प्रश्न– परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?

काठमाडौं।नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोना महामारीबीच परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाएको आरोप गाएका छन्।उनले ट्वीटरमा भनेका छन्,“एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ। तर विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।”स्वास्थ्य मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेकोप्रति उनले आपत्ति जनाएका छन्।

सम्बन्धित सामग्री

माघभित्र एसइईको तालिका सार्वजनिक हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले कोरोना संक्रमण मध्यनजर गरी तालिका सार्वजनिक गर्ने जानकारी दिए।आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।‘अहिले नै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी छैन, कोरोना संक्रमणको जोखिम पनि कायमै छ, यो महिनाभित्र भने तालिका सार्वजनिक गर्छौँ,’ उनले भने।बोर्डका अनुसार यस वर्ष करिब ५ लाख प

चितवनमा फेरि १० दिन निषेधाज्ञा थपियो

साउन १४, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आगामी साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोभिड १९  को संक्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाइरससमेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।  प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेशा व्यापार व्यवसाय चलाउन अनुरोध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको निषेधाज्ञामा भौतिक रुपमै उपस्थित भई  कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ । भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्विकृति लिनुपर्ने छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने जारी आदेशमा उल्लेख छ  साथै आदेशमा शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ । यस्तै लामोदुरीका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सीमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।  ऋव जिल्लामा सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गरिने भएको छ । अन्य नियमहरु पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाइने पनि आदेशमा उल्लेख छ ।

पर्वतको महाशिलामा परीक्षा सञ्चालन

पर्वत । कोरोना संक्रमणको जोखिम बढेपछि पर्वतका ६ ओटा स्थानीय तहले विद्यालय बन्द गर्नुका साथै परीक्षा रोकेका छन् । तर जिल्लाको महाशिला गाउँपालिकाले भने विद्यालय बन्द गरेन । विद्यालयले आइतवारदेखि परीक्षा समेत सञ्चालन गरेको छ । महाशिला गाउँपालिकाले सबै वडामा कक्षा १ देखि १० सम्मको स्तरीकरण परीक्षा सञ्चालन गरेको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरेको दाबी गाउँपालिकाले गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पठनपाठन र परीक्षा तत्काल रोक्न आदेश दिएको छ । तर महाशिला गाउँपालिकाले भने स्थानीय तहको अधिकार प्रयोग गर्दै सरकारको आदेश विपरीत परिक्षा सञ्चालन गरेको हो । महाशिलामा अहिलेसम्म कोरोना संक्रमित नदेखिएको र यससँग मिल्दोजुल्दो लक्षण समेत कसैमा नभएकाले परीक्षा नरोकिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको भनाइ छ । गाउँपालिकाका विद्यालयमा आइतवार पहिलो दिन परीक्षा सम्पन्न गरेको पौडेलले बताए । महाशिलामा २७ सामुदायिक र एक निजी विद्यालय छन् । परीक्षा दुई सिफ्टमा सञ्चालन गरिएको र स्वास्थ्यका सबै मापदण्ड पालना गरिएको गाउँपालिकाले बताएको छ । प्रत्येक कक्षाकोठामा स्वास्थ्यकर्मीले निगरानी गरेको प्रवक्ता जीवन उचै ठकुरीले बताए ।

एसईई परीक्षा स्थगित हुँदैन : मन्त्री खतिवडा

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो।