सिरहा– चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्। कानुन विपरित उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम […]
बिहीबार राति जमलमा चर्किएको कालोपत्रे सडक मर्मत गर्न बिटुमिन (अलकत्रा) खन्याइयो र बालुवा छरियो । तर, बिहान मात्रै थाहा भयो, अलकत्रा त आवश्यकता भन्दा बढी पो परेछ !
पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा उत्रेका म्याजिक भेन र तीन चेक्क टेम्पो यातायात व्यवसायीले सडक जाम गर्दै मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका थिए।...
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधबारदेखि बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको हो ।बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरन
१८ पुस, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले रबरको बुलेट प्रहार गरेको हो । धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो […]
काठमाडौँ- काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ । नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो । पहिरोले सडक दुईतर्फी नै […]
प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।...