निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल गरेको छ । आयोगले आज निर्वाचन आयोगले पठाएको मस्यौदा माथी कास्कीका नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी, निर्वाचन अधिकारी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालासंग छलफल चलाएको हो ।
छलफलमा सहभागीले ठूला दलले नै निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने बताएका थिए । देशभक्त पार्टीका रनबहादुर दर्मले सुरक्षा निकायले पनि ठूला दलका नेतालाई मात्र सुरक्षा दिने गरेको आरोप लगाउनु भयो । साना दललाई पार्टी नगर्ने बताउदै उहाँले साना दलका उम्मेदवार र नेतालाई पनि प्रहरी प्रशासन वास्ता नगर्ने गरेको बताउनु भयो ।
मानवअधिकारकर्मी शिव खकुरेलले निर्वाचनको बेलामा बालबालिका र विद्यालय प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले कडा आचारसंहिता कायम गर्नुपर्ने सुझाव दिनु भयो । यसैगरी निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीले आचारसंहिताको मस्यौदा बारे जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निस्पक्ष भएर निर्वाचन अधिकृतले काम गर्नुपर्ने बताउदै सबैले आफनो क्षेत्रबाट सहयोग आग्रह गर्नु भयो ।