भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले प