सुर्खेत : जाजरकोटको छेडागाड नगरपालिका-१२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य छन्।गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए। उनले भने, ‘साउन १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ। कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ।’कक्षा पाँचसम्म रहेको उक्त विद्यालयका दुईवटा भवनका चारवटा कोठामा क्षति पुगेको छ। जसमा कक्षा तीनदेखि पाँचस