सरकारले विभिन्न लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भई लोकतन्त्रका लागि महत्वपूर्ण योगदान गरेकाहरूलाई सम्मान गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भइ महत्वपूर्ण योगदान गर्नेलाई ‘लोकतान्त्रिक सेनानी’का रुपमा सम्मान गरिने बताएका हुन् ।अर्थमन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरिने र सत्य अन्वेषण, न्याय र परिपूर्णका लागि एक अर्ब ४० करोड रुपैयाँ बजेट विनि