पर्यटन वर्ष २०११ को दिनगन्तीसँगै तयारी तीव्र

पर्यटन वर्ष २०११ मा नेपाल आउने पर्यटकलाई सुविधा पुर्‍याउन पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्ने भएका छन् । यस अवधिमा नेपाल आउने पर्यटकलाई सुविधा दिन देशभर सरसफाइ कार्यक्रम चलाउने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई सफा र व्यवस्थित बनाउने, स्थलमार्ग हुँदै पर्यटक भित्रने मुख्य नाकाहरू व्यवस्थित  गर्ने, पर्यटकलाई यातायातमा कठिनाइ हुन नदिने, आन्तरिक र बाह्य पर्यटकहरूका लागि थप सुविधा दिने तयारी भइरहेको सम्बन्धित निकायहरूले जानकारी दिएका छन् । पर्यटन वर्ष २०११ को जानकारी दिने उद्देश्यले बिहीवार राजधानीमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री शरदसिंह भण्डारीले नेपालमा ठूला शहर र ठूला होटल नभए पनि यहाँको प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गरेकाले सरसफाइको अभियान शुरू गरिएको बताए । ‘बढी पर्यटक भित्र्याउन सभ्यता र संस्कृतिको  विकास गर्नुपर्छ अनि मात्र पर्यटक आउँछन्,’ उनले भने । पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भ हुन अब मात्र १ दिन बाँकी छ । बोर्डले बिहीवारदेखि औपचारिक शुभारम्भको दिन गन्न शुरू गरेको बताएको छ । ‘हामी  अझ बढी उत्साहित भएका छौं । हामीसँग एयरलाइन्स र पूर्वाधार समायोजनको कमी भए पनि अहिले अन्तरराष्ट्रिय पर्यटक आगमन ३० प्रतिशतले वृद्धि भएको छ,’ पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले भने । वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा यस्तो छ पर्यटन वर्षको तयारी - Naya Patrika

कर्णाली प्रदेश सरकार आगामी १ वैशाखदेखि सुरु हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारीमा जुटेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर तयारी तीव्र पारिएको जनाइएको छ...पूरा पढ्नुहोस् »