नुवाकोटको विदुरमा कांग्रेसका श्रेष्ठ र माओवादीकी बोगटी विजयी

स्थानीय तह निर्वाचनमा नुवाकोट सदरमुकामको पुरानो नगरपालिका विदुरमा ३० वर्षपछि गठबन्धनले एमालेको गढ भत्काइदिएको छ । २०४९, २०५४ र २०७४ सालमा जितेको एमालेको विरासतलाई गठबन्धनले भत्काइदिएको हो । शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् ।