काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय वीरगंज पर्साका मालपोत अधिकृत हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । मालपोत अधिकृत मिश्र, द्वीवेदी र भण्डारी तथा कम्प्युटर अधिकृत […]