विपक्षी गठबन्धनलाई सशक्त बनाउन कांग्रेसमा जोड

कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए ।बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार

सम्बन्धित सामग्री

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।