झुटो विवरण दिएर नागरिकता बनाउनेको छानबिनमा ढिलाइ

झुटो विवरण दिएर पाल्पाबाट नागरिकता बनाउन सफल भएका बागलुङका एक युवाको छानबिनमा ढिलाइ भएको छ । बागलुङका २३ वर्षीय धनबहादुर कँडेल २०७२ पुस २० गते पाल्पाबाट नागरिकता बनाएका थिए । झुटो विवरण दिएर नागरिकताको बनाएको यो घटना नागरिकता लिएको ६ वर्षपछि गत वर्ष सार्वजनिक भएको थियो । त्यसपछि पाल्पा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेका थिए । कँडेललाई ०७८ चैतमा पाल्पा प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । अदालतमा मुद्दा चलेको करिब ५ महिनापछि कँडेल १ लाख रुपैयाँ धरौटीम