बिकेले ७४ लाखभन्दा बढी रोयल्टी पनि बुझाएन, सौर्य बत्ती मर्मत पनि गरेन

काठमाडौं : काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सौर्य (सोलार) बत्ती राख्न २०७३ असोज १२ मा सम्झौता भयो। राति शहरको सौन्दर्य बढाउने, सर्वसाधारणलाई आवतजात र सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न निजी कम्पनी बिके ट्रेडर्ससँग महानगरले साझेदारी गरेको थियो।यसअनुसार सौर्य बत्ती राख्ने सबै खर्च बिके ट्रेडर्सले नै बेहोर्ने र त्यसबापत बत्तीको खम्बा (पोल) मा विज्ञापन राख्न पाउने सम्झौतामा शर्त थियो। महानगरपालिकाका अनुसार त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, भद्रकाली, भृकुटीम