रुपन्देहीमा पाँच किलो चाँदीसहित दुईजना पक्राउ

रुपन्देहीमा  भारतबाट अवैध रुपमा भित्र्याइएको चाँदीसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल वर्मा पक्राउ परेका हुन् ।  उनीहरुले  ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा कोटहीमाई गाउँपालिका–६ दुई मुहानबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए  ।जिल्ला प्रहरी कार्या