३ वर्षमा बनिसक्नुपर्ने पुल ७ वर्षसम्म नबन्दा जनतालाई सास्ती

दाङ : तुलसीपुर उपमहानगरपालिका-१५ डुरुवाका मित्रलाल गिरीले डुरुवा-कोठरी जोड्ने हापुर खोलामा निर्माणाधीन पुल समयमा नबन्दा आफूहरूले धेरै सास्ती भोग्दै आएको बताए।खोलामा पुल बनाउन लागेको ७ वर्ष हुँदा पनि अहिलेसम्म पुल नबन्नुमा राज्यको लापरबाही भएको बताए।उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल हो। शुरुमा यहाँ पुल बन्न लाग्दा हामी धेरै खुशी भएका थियौँ। ७ वर्षसम्म पुल निर्माण हुन नसक्दा यहाँका बासिन्दाले बर्खामा निकै सास्ती भोग्नुपर्छ। हाम्रो वडा कार्यालय कोठरीमा छ