भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको छ।क्यानले आज (सोमबार) प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो। केहीबेरअघि क्यानले सामाजिक सञ्जाल फेसबुकमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख गरेको छ।भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्।उनी अफगानिस्तान क्रिकेट टोलीको प्रश