साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ ।
अस्पतालले साढे दुई वर्षपछि हरैचा–९,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो । रियादस्थित नेपाली दूतावासले निरन्तर मुद्दा फिर्ता लिएर उपचारको बिल मिनाहगर्...