भक्तपुरमा स्थानीय तहको निर्वाचनपछि आवश्यक हुने मतगणनास्थलको तयारी सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाकाअनुसार भक्तपुर नगरपालिकाको मतगणनास्थल तयारीको प्राथमिक चरण सुरु भएको हो । उनका अनुसार नगरपालिकाकाकै भवनको माथिल्लो तल्लामा रहेको सभाहललाई मतगणनास्थल बनाउने तयारी गरिएको छ । बास्तोलाकाअनुसार भवनको माथिल्लो तल्लाको सानो र ठूलो हललाई मतगणना स्थल बनाइएको छ । उक्त स्थानमा भक्तपुर नगरपालिकाको एकदेखि १० वडाको मतपेटिका समेत राखिने र गणना हुने गरेर तयारी सुरु गरि