काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले पनि अहंकार नघटेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार बोल्दै प्रचण्डले संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा रहेको आरोप लगाएका हुन्। ‘प्रतिपक्ष दलको नेताले मंसिर ४ गते थाहा हुन्छ को के रहेछ भन्ने कुरा भन्नुभएको छ’, प्रचण्डले भने, म विनम्रतापूर्वक उहाँलाई स्मरण गराउन चाहन्छु, राष्ट्रियसभाको चुनाव, बार एशोसिएसन, पत्र