विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओमा) पहिलो दिन ३ लाखभन्दा बढी आवेदकले आवेदन गरेका छन् । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिन नै ३ लाख ३६ हजार ७०८ जनाले आवेदन गरेका हुन् ।कम्पनीले हिजो शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमा ३ लाख ३६ हजार ७०८ जना आवेदकले ४१ करोड ६१ लाख ३२ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन भरेका हुन् ।आईपीओमा यही जेठ २५ गतेसम्म आवेदन द