ठूला सहकारीहरूमाथि विभागीय छानबिन

सहकारी विभागले ठूला मानिएका बचत तथा ऋण सहकारी संस्थाहरूको खाता आकस्मिक रूपमा छानबिन गर्न थालेको छ । गत सातादेखि सुरु भएको छानबिनको क्रम केही महिनासम्म निरन्तर रूपमा चलिरहने जानकारी सहकारी विभागले दिएको छ । सहकारीहरूको अनुगमन हुन नसकेकाले अर्थतन्त्रमा समेत नकारात्मक असर पारिरहेको कुरा उठिहरको बेला विभागले यो कार्य थालेको हो । विभागले हालै बनाएको ठुला सहकारी संस्था अनुगमन निरीक्षण टोलीले तीनकुनेमा रहेको कान्तिपर सहकारी र पाटनमा रहेको गोर्खा सेभिङ एन्ड को–अपरेटिभको सम्पूर्ण खातापाता आफ्नो जिम्मा लिएर अध्ययन सुरु गरेको छ । ती दुवै १ अर्बभन्दा बढीको कारोबार गर्ने सहकारी हुन् । कान्तिपुर सहकारीको अनुगमनका लागि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रमुख चन्द्रबहादुर ठकुरी तथा गोर्खा सेभिङको अनुगमनका लागि विभागका उपसचिव राजन दुवाडीको नेतृत्वमा ४–४ जनाको टोली खटाइएको छ । टोलीमा राष्ट्र बैंक, डिभिजन सहकारी कार्यालयका प्रतिनिधिको साथै १–१ वित्तीय क्षेत्रका विज्ञ रहेका छन् । शुक्रबारभित्रै अनुगमन सक्नेगरी बुधबारदेखि काम सुरु गरेको भए पनि दुवै सहकारी संस्थाहरूमा अनियमितता भएको हुन सक्ने धेरै आधारहरू पाइएकाले अझै केही दिन लाग्नसक्ने जानकारी अनुगमनमा खटिएका अधिकारीहरूले दिएका छन् । ‘छानबिन गर्दैछौं, कति दिन लाग्छ भन्न सकिँदैन’ कान्तिपुर सहकारीको अनुगमन टोलीका प्रमुख ठकुरीले अभियानसँग भने । अनुगमन कार्य जारी रहेकाले ती दुवै सहकारीको अवस्थाको बारेमा कुनै पनि कुरा बताउन नमिल्ने उनले बताए । वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २

सम्बन्धित सामग्री

'भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छ'

गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताएका छन्। गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताएका हुन्।  आगलागीमा परिषद्...

पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्दै

आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्दैछ । बैठकल कार्यविधि अनुसार...

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा […] The post अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार […]

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बन्ने

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने […]

संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे छानबिन गरौँ : उपसभापति खड्का

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्। उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन […]

राज्यमन्त्री विमला प्रकरणमा छानबिन सुरू

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले तुलसीपुरकी एक महिला र नाबालिकालाई कुटपिट गरेको घटना प्रदेश सरकारले छानबिन सुरु गरेको छ। प्रदेश सरकारले उक्त घटना छानविनका लागि बनाएको छानबिन समितिले बुधबार देखि छानबिन सुरु गरेको हो।...

छानबिन समितिमा नै खेलाडीहरूको असन्तुष्टि, एन्फाले भन्यो–निष्पक्ष छानबिन हुन्छ

अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमिति बैठक आइतबार सम्पन्न भयो । बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।छानबिन टोलीको विषयमा खेलाडीहरूले निष्पक्ष छानबिन नहुने भन्दै असन्तुष्टी जनाएका छन् । आइतबार एन्फामा १० खेलाडीले सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा रहेको टोलीले निष्पक्ष छानबिन गर्नेमा आफूहरु आशावादी नरहेको बताएका छन् । राष्ट्रिय टोलीमा आर्

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानबिन हुने

हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानबिन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानबिन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानबिन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य […]