गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुशी

वर्षाैंदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

सम्बन्धित सामग्री

टुकी बाल्ने ठाउँमा बिजुली पुगेपछि फेरियो गाउँको मुहार

वैशाख ७, तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।  बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् विस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।   विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिरोको कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् विस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।   जिल्लाको देवघाट र ऋषिङगाउँपालिकाका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।  देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको विस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।  सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ ।  तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रू. ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।  व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।  उक्त क्षेत्रमा विद्युत् विस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’  रासस

ग्रामीण भेगमा बिजुली विस्तार

तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।