काठमाडौं । नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो । कांग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले मध्याह्न साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको जानकारी दिए । उनले चुनावी सभा वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको बताए […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेवार रहेका ज्ञानेन्द्र प्रचारप्रसारका लागि प्युठान पुगेका छन् । उनी प्रत्यक्षतर्फका उम्मेदवार सुशान्त वैदकलाई भोट माग्नका लागि प्युठान पुगेका हुन् ।
हालैको एक बिहान एक हुल किशोरकिशोरी काठमाडौँ शंखमूलमा रहेको एउटा चिया पसलमा आइपुगे। कलेज पोसाकमा रहेका उनीहरूले पसलेसँग कालो चिया मागे। नजिकैको टेबलवरिपरि बसे। तीमध्येका एकजनाले अत्तरको जस्तो देखिने सानो बट्टा झोलाबाट निकाले। त्यो थियो भेप अर्थात् विद्युतीय चुरोट। भेपको बिर्को खोलेर सबैले पालैपालो सर्को ताने। अलिकति मुन्टो उचालेर बास्नादार बाक्लो सेतो बाफ माथितिर उडाए। […]
काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय …