सोलुखुम्बु : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढेसँगै सोलुखुम्बुका स्थानीय तह आइसोलेसनलाई व्यवस्थित बनाउन जुटेका छन्।जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइसोलेसन केन्द्रलाई नै नयाँ आइसोलेसन केन्द्रका रूपमा प्रयोगमा ल्याएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेको बताउँछन्। जिल्लामा हालसम्म १०९ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको सम्बन्धित गाउँपालिकाले जनाएको छ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी अस्पतालकै आइसोलेसनलाई प्रयोगमा ल्याएको छ। दिन प