गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक एवं सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ संस्थापना दिवस तथा २६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न प्रचुर सम्भावना भएकै कारण आफ्नो ध्यान पोखरालाई पर्यटकीय राजधानी बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो । स्वदेशी …