एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै युक्रेनसँग रुसको सामना गर्ने प्रयाप्त क्षमता नभएको बताउनुभएको हाे । रेजिन्कोभलाई रक्षामन्त्रीबाट हटाइने उद्घोष भएको केही घण्टा अघि उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । […]