विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा सामान्यतया हिउँद याममा पैदलयात्री तथा पर्यटकहरूको खासै चहलपहल हुँदैनथ्यो। तर, अहिले अवस्था विगतको भन्दा फरक छ। मध्य जाडोमा अर्थात् पर्यटकीय अफ-सिजनमा पनि खुम्बु क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको राम्रै उपस्थिति देखियो। गत डिसेम्बरकाे अन्तिम साता र जनवरीकाे सुरुवातको अवधिमा सगरमाथा आधार शिविरमा आएका यात्रु निकै भेटिए। यसलाई यो […]