बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले एक पत्रकार सम्मेलनमा बताए । सरकारले आक्रमणमा ५५ जना मारिएको जनाएको छ ।विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् ।  सन् २०२१

सम्बन्धित सामग्री

विद्रोही समूहको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु

उत्तरी बुर्किनाफासोमा विद्रोही समूहको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । जसमध्ये ३० जना सर्वसाधारण छन् । मृतकमध्ये १४ जना प्रहरी, तीन जना सरकार समर्थक लडाकू रहेको अलजजिराले उल्लेख गरेको छ । सरकारी सञ्चारमाध्यमले भने सेनाले १६ जना बिद्रोही मारिएको जनाएको छ । अलकायदा र आईएसआईएलसँग सम्बन्धित लडाकू संगठनले बुर्किना फासो, माली र नाइजरमा सयौं सर्वसाधारणको हत्या गरेको छ ।