मुख्य बजारको पार्किङ निषेध गर्ने निर्णयबाट पछि हट्यो पोखरा महानगर

पोखरा । कास्कीको पोखरा महानगरपालिका मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने निर्णयबाट पछि हटेको छ । महानगरले माघ २३ गतेदेखि मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । व्यवस्थित भएका ठाउँहरुलाई खाली गर्ने कारण देखाउँदै महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय स्थगित गरिएको जनाएको हो । महानगरले यसअघि पोखराका मुख्य […]

सम्बन्धित सामग्री

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।

मुख्य बजार सडक छेउमा पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिका माघ २३ गतेदेखि मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने गरी गरेको निर्णयबाट पछि हटेको छ । व्यवस्थित भएका ठाउँहरुलाई खाली गर्ने कारण देखाउँदै महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय स्थगित गरेको जनाएको हो । महानगरले यसअघि पोखराका मुख्य शहरी क्षेत्रको पृथ्वीचोक-सभागृहचोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोक सडकखण्डमा […]

पार्किङ व्यवस्थापनमा पोखरा महानगर

पोखराको मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन छोडेर महानगरपालिकाले वैकल्पिक व्यवस्थापनको खोजी सुरु गरेको छ । पोखराको चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक, पृथ्वी चोक र नयाँबजार क्षेत्रलाई महानगरले केन्द्रमा राखी उक्त स्थानमा पार्किङ निषेध गराउने निर्णय गरेको थियो । सो निर्णयलाई पोखरा उद्योग वाणिज्य सङ्घलगायतका व्यवसायीले विरोध गरेपछि महानगरले पार्किङ व्यवस्थापनमा जोड दिएको छ । तत्काल सडकबाट पार्किङ नहटाए दीर्घकालीन रूपमा हटाउनै पर्ने बाध्यता रहेको महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।