माधव नेपालको पार्टीसँग नेकपा जनवादी पार्टी एकीकरण हुँदै

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) एकता हुने भएको छ । जसका लागि मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम राखिएको छ । नेकपा (जनवादी) ले २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेर राजनीतिक गतिविधी गर्दै आएको थियो । एकीकृत समाजवादीका अनुसार मंगलबार साढे १२ बजे एकता घोषणा कार्यक्रम राखिएको छ ।