काठमाण्डौ – उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताउनुभएको छ । उहाँले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयको आज सोमवार अनुगमन गर्दै मन्त्री श्रेष्ठले नेपाली नागरिकले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
‘गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुप...