सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन विधेयक: अनुसन्धानबाट आरोप पुष्टि नभएको सम्पत्ति कर तिरी अभिलेख गर्न सकिने

सबै पक्षको अनुसन्धानबाट व्यक्तिलाई लागेको आरोप पुष्टि हुन नसकेको अवस्थामा मात्र स्रोत नखुलेको सम्पत्तिको कानुनबमोजिम कर तिरेर अभिलेख गर्न सक्ने नीतिगत व्यवस्था सरकारले गर्न लागेको छ । सोमबार संघीय संसद्मा पेस भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।