अमेरिकाको इण्डो प्यासिफिक रणनीति नाटोको एशियाली रुप भएको चीनको टिप्पणी

काठमाडौं । अमेरिकाको इण्डो प्यासिफिक रणनीति नाटोको एशियाली रुप भएको टिप्पणी चीनले गरेकाे छ। छिङ्ह्वा विश्वविद्यालयले आयोजना गरेको सुरक्षा रणनीति सम्बन्धि कार्यक्रममा चिनियाँ उप विदेशमन्त्री ली युछेङले युरोपेली देशहरुमा नाटोको विस्तार भन्दा इण्डोप्यासिफिक रणनीतिको विस्तार खतरनाक भएको बताउनुभएको हो । नाटो विस्तारको चाहनाले युक्रेन संकट आएजस्तै भविष्यमा आईपिएस विस्तारले समस्या नल्याउला भन्न नसकिने उहाँको भनाइ […]