बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएपछि विपक्षी गठबन्धनले सरकारविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ । साथै गठबन्धनका नेताहरु प्रदेश प्रमुख विरुद्ध खनिएका छन् ।प्रतिपक्षी दलहरुले सरकार अल्पमत परेपछि अध्यादेशको बाटो रोजेको आरोप लगाउँदै तत्काल मुख्यमन्त्री राजीनामा दिनु पर्ने माग दोहोर्याएका हुन् । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सरकारसँगै प्रदेश प्रमुखको विरोध गरेका छन् । उनीहरुले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले पार्टीको अमुक कार्यकर्ता