नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको विरोधमा कांग्रेसले डटेर विरोध गर्ने बताएका छन् ।
मंगलवार राजधानीमा आयोजित राष्ट्रिय दलका नेताहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्ने बताएका हुन् ।
'यतिबेला कांग्रेसलाई फाइदा भयो कि बेफाइदा भयो भन्ने कुरा गौण हो,' वरिष्ठ नेता पौडेलले भने, 'मुख्य कुरा राष्ट्र र संविधानमाथि कसरी धोका भयो भन्ने हो । जनतामाथि धोका भएको छ, मतदातामाथि विश्वासघात भएको छ । यसको डटेर विरोध गर्नुपर्छ ।...