नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरु ईलाका प्रहरी कार