नेकपा एमालेका केन्द्रीय तहका नेताहरू पार्टी एकता गर्ने भनेर लागे पनि मोरङमा भने समानान्तर गतिविधिहरू रोकिएका छैनन् ।
दुवै समूहले आ–आफना गतिविधि बढाइरहेका छन् । माधव नेपाल पक्षका जिल्ला तथा प्रदेशस्तरका नेताहरूले समानान्तर कमिटी गठन गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू प्रशिक्षण, सदस्यता नवीकरणलगायत गतिविधि गरिरहेका छन् ।
मोरङको विराटनगर, बेलबारी, उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई, बूढीगंगालगायतका स्थानीय तहमा माधव पक्षले समानान्तर कमिटी गठन गरेका छन् ।
समा...