नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने बताउनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा …